शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

घर निर्माण वा खरिदका लागि नबिल बैंकले प्रवर्द्धन गर्‍यो ‘नबिल हाउजिङ लोन’ योजना

घर निर्माण वा खरिदका लागि नबिल बैंकले प्रवर्द्धन गर्‍यो ‘नबिल हाउजिङ लोन’ योजना

सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं । घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवद्र्धन गरेको छ । बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा उपलब्ध गराएर घरको सपना साकार बनाउन सहयोग गर्ने जनाएको छ ।

    बैंकका अनुसार नबिल हाउजिङ लोनमार्फत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी अन्य आवश्यकताका लागि कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको आवश्यकता र वित्तीय क्षमतालाई ध्यानमा राखेर कर्जा योजना तयार गरिएको बैंकले जनाएको छ ।

    बैंकले घर स्वामित्वको योजना बनाइरहेका व्यक्तिहरूलाई सहज र व्यवस्थित वित्तीय समाधान प्रदान गर्ने उद्देश्यका साथ उक्त कर्जा सुविधा उपलब्ध गराएको बताएको छ । यस योजनाअन्तर्गत कर्जाको रकम, भुक्तानी अवधि तथा अन्य सुविधाबारे विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ ।

    नबिल बैंकले आवास कर्जा सम्बन्धी थप जानकारी आवश्यक परे ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न पनि आग्रह गरेको छ । बैंकका अनुसार ग्राहकहरूले कर्जा प्रक्रिया, योग्यता तथा आवश्यक कागजातबारे जानकारी ग्राहक सेवा केन्द्रबाट प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij