आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

लीपमोटरको नयाँ ह्याचब्याक A05 को बुकिङ खुला

लीपमोटरको नयाँ ह्याचब्याक A05 को बुकिङ खुला

सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले आफ्नो नयाँ इलेक्ट्रीक ह्याचब्याक ए ०५ को प्रि-अर्डर सुरू गरेको छ ।

    कम्पनीले आधिकारिक लन्च अगावै चिनियाँ बजारमा प्रि-बुकिङ लिन थालेको हो । ग्राहकले हाल १५ डलर डिपोजिट राखेर ए ०५ फाइभ अर्डर गर्न सक्नेछन् ।

    यद्यपि, कम्पनीले यसको मूल्य भने खुलाएको छैन । कम्पनीले यसको लन्च मिति घोषणा गरेको छैन । तर, चीनभरका लीपमोटर शोरुमहरूमा गाडी पुग्न थालिसकेको छन् । यसले कम्पनीले चाँडै उक्त गाडी लन्च गर्ने तयारी गरिरहेको बुझ्न सकिन्छ ।

    ए ०५ लीपमोटरको ‘ए’ प्लेटफर्ममा बनेको ए १० एसयूभी पछिको दोस्रो मोडल हो । साथै, यो प्लेटफर्मको पहिलो कम्प्याक्ट ह्याचब्याक समेत हो ।

    यसअघि दर्ता भएका फाइलिङहरूका अनुसार ए ०५ को लम्बाइ ४,२०० एमएम, चौडाइ १,८०० एमएम र उचाइ १,५६० एमएम छ । यसको ह्वीलबेस २,६०५ एमएम रहेको छ।

    यसमा गोसियन हाइटेक र जेनेर्जीले बनाएको लिथियम आइरन फोस्फेट ब्याट्री प्रयोग गरिएको छ । ए ०५ ह्याचब्याकमा ३९.८ किलोवाट आवर र ५३ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाइन्छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ४०५ किमी र ५१० किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

    यो गाडीमा ७० किलोवाट र ९० किलोवाटको दुई मोटर अप्सन उपलब्ध हुनेछ । यसको टप स्पीड क्षमता प्रतिघण्टा १६० किमी रहेको छ। लीपमोटरका अनुसार ए ०५ ले फास्ट चार्जिङ सपोर्ट गर्छ । जसले १६ मिनेटमै ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ।

    ए ०५ मा क्वालेकमको फ्ल्यागसिप स्न्यापड्र्यागन ८२९५ चिप प्रयोग गरिएको छ। यसको क्याबिनमा ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रीन रहेको छ । ए ०५ मा वैकल्पिक रूपमा लाइडार प्रविधि पनि उपलब्ध छ । जसले पार्क गर्ने ठाउँदेखि अर्को पार्क गर्ने ठाउँसम्म नेभिगेसन सहायता प्राप्त ड्राइभिङ सुविधा दिन्छ ।

    हाल नेपाली बजारमा लीपमोटरका गाडी बिक्री भइरहेका छन् । सम्भवतः चीनमा बिक्री सुरू भएपछि ए ०५ पनि नेपाली बजारमा पनि आउन सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij