शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

खिम्ती–ध्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले एक अर्ब २४ करोड ऋण लगानी गर्ने

खिम्ती–ध्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले एक अर्ब २४ करोड ऋण लगानी गर्ने

सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन खिम्ती–ध्वाङ साना जलविद्युत् आयोजनाका लागि एनएमबी बैंकले एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ । यससम्बन्धी ऋण लगानी सम्झौता सम्पन्न भएको हो ।

    सम्झौतामा एनएमबी बैंकका तर्फबाट सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र आयोजना प्रवर्धक कम्पनी वन्डर्स इनर्जी प्रालिका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।

    ९ मेगावाट क्षमताको खिम्ती–ध्वाङ साना जलविद्युत् आयोजना दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ हुँदै बग्ने खिम्ती–ध्वाङ खोलामा निर्माण भइरहेको छ । कम्पनीले आयोजना २०८४ चैतभित्र सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ ।

    कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति र रुख कटानको अनुमति मन्त्रिपरिषद्‌बाट प्राप्त भइसकेको छ । आवश्यक निजी जग्गा खरिद, निर्माणका लागि पहुँचमार्ग, गोदाम, आवासगृह तथा कन्ट्रक्सन पावर जडानको काम सम्पन्न भइसकेको छ । सिभिल, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल निर्माण सम्झौता भई हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति हासिल भएको कम्पनीले जनाएको छ ।

    आयोजनाको कुल लागत करिब एक अर्ब ८० करोड रहेको छ । त्यसमध्ये एक अर्ब २४ करोड एनएमबी बैंकबाट ऋणका रूपमा जुटाइनेछ । बाँकी ५६ करोडमध्ये ३५ करोड लगानी सुनिश्चित भइसकेको र बाँकी करिब ३० करोड असोजभित्र जुटाउने तयारी भइरहेको प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए ।

    उनका अनुसार गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने यो आयोजना नेपालमा हाल निर्माणाधीन जलविद्युत् आयोजनामध्ये हाइड्रो–सेलेक्ट टुल्सको प्रयोग गर्दै सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर निर्माण गरिने पहिलो आयोजना हुने दाबी गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij