शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

सिटिजन लाइफको सेवाहरू भोलिदेखि साउन १८ गतेसम्म बन्द हुने

सिटिजन लाइफको सेवाहरू भोलिदेखि साउन १८ गतेसम्म बन्द हुने

सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल प्रयोग गर्दै आएको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम–आईसोलुशन’ लाई परिमार्जन गर्ने भएको छ ।

    कम्पनीले त्यसलाई परिमार्जन गरी ‘आईसोलुशन भर्सन नेक्स्ट’ मा प्रतिस्थापन गर्ने भएकोले साउन १४ गते बिहीबार बेलुकी ८ बजेदेखि साउन १८ गते सोमबार बिहान ८ बजेसम्म कारोबार र सेवाहरू बन्द हुने भएको हो ।

    कम्पनीका अनुसार केन्द्रीय कार्यालय सहित सम्पूर्ण शाखा/उपशाखा कार्यालयहरूबाट भौतिक रूपमा प्रवाह हुने बीमालेखसँग सम्बन्धित सेवाहरू, डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी, मोबाइल एप तथा ग्राहक एवं अभिकर्ता पोर्टल अवरुद्ध हुनेछ ।

    कम्पनीले कारोबार अवरुद्ध हुने उक्त अवधिमा अन्तिम दिन परी बीमाशुल्क भुक्तानीमा बिलम्ब शुल्क लाग्ने भएका बीमालेखहरूको नवीकरण बीमाशुल्क साउन २० गते बुधबारसम्म कायम गरिने जनाएको छ ।

    759208685_2235499967287113_6768595447415860731_n.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij