शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

एनएमबि लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग

एनएमबि लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग

सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं । पोखरास्थित एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न विभागका लागि कर्मचारी माग गरेको छ । संस्थाले खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्न सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट अनलाइन आवेदन मागेको हो ।

    संस्थाले आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि, शाखा प्रमुख र फिल्ड सहायक विभागका विभिन्न पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले साउन २७ गते कार्यालय समयभित्र संस्थाको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

    अधिकृत तहका लागि २१ देखि ४० वर्ष र सहायक तहका लागि १८ देखि ३५ वर्ष उमेर सीमा तोकिएको छ । महिला उम्मेदवारलाई अधिकतम उमेरमा ५ वर्ष थप छुट दिइनेछ । छनोट प्रक्रिया अन्तर्गत अन्तर्वार्ता र कम्प्युटर सीप परीक्षण हुनेछ । छोटो सूची भदौ १ गते प्रकाशित गरिने तथा भदौ ६ गतेदेखि अन्तर्वार्ता र कम्प्युटर सीप परीक्षण सुरु हुने कम्पनीले जनाएको छ ।

    759115236_1064308096282936_7986330027390113410_n.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij