आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हुन्डाईको पहिलो इलेक्ट्रीक एमपीभी नेइरा सार्वजनिक

हुन्डाईको पहिलो इलेक्ट्रीक एमपीभी नेइरा सार्वजनिक

सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं । दक्षिण कोरियाली अटो निर्माता कम्पनी हुन्डाईले आफ्नो पहिलो इलेक्ट्रीक एमपीभी ‘नेइरा’को प्रोटोटाइप सार्वजनिक गरेको छ ।

    कम्पनीले इन्डोनेसियामा जारी ‘गाइकिन्डो इन्डोनेसिया इन्टरनेसनल अटो शो २०२६ मा नेइराको पहिलो झलक देखाएको हो।

    नेइरा इलेक्ट्रीक एमपीभी किया केरेन्स क्लाभिस केरेन्सको प्लेटफर्ममा आधारित रहेको छ । हुन्डाईले सन् २०२६ को अन्त्यसम्ममा यसको प्रोडक्सन भर्सन बजारमा ल्याउने तयारी गरेको छ । यस गाडीमा प्रयोग हुने ब्याट्री लगायत ६० प्रतिशतभन्दा बढी पार्टपूर्जा स्थानीय स्तर (इन्डोनेसिया)मै उत्पादन गरिने कम्पनीले जनाएको छ ।

    नेइराको प्रोटोटाइप उत्पादनका लागि लगभग तयार भइसकेको जस्तै देखिन्छ। यसको अगाडि हुन्डाईको सिग्नेचर पूर्ण चौडाइको एलईडी लाइट बार, पातला डीआरएल बत्तीहरू, ठाडो रूपमा राखिएका हेडल्याम्प युनिटहरू छन् । परम्परागत भ्यान शैलीभन्दा फरक यसमा बन्द गरिएको माथिल्लो ग्रिल, सिल्भर फिनिसिङ भएको बम्पर र स्क्वायर ह्वील आर्च दिएर एसयूभी प्रेरित लुक्स दिइएको छ ।

    यसैगरी, गाडीको साइडमा ठूला सिसा र लामो छत प्रयोग गरी भित्री भागलाई फराकिलो बनाइएको छ। यसमा एरोडायनामिक फाइभ स्पोक एलोय ह्वील र विशेष रूपमा इलेक्ट्रीक गाडीका लागि बनाइएको ह्यानकुक आयोन एभो टायर प्रयोग गरिएको छ।

    हुन्डाईले नेइरा ईभीको आधिकारिक प्राविधिक विवरण सार्वजनिक गरेको छैन । तर, यो भारतमा बिक्री भइरहेको किया केरेन्स क्लाभिससँग मिल्दोजुल्दो हुने अनुमान गरिएको छ।

    केरेन्स क्लाभिस ईभीमा ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर को ब्याट्री प्याक उपलब्ध छ । जसले एकपटकको फुलचार्जमा क्रमशः ४०४ किमी र ४९० किमीसम्मको रेन्ज दिन्छ।

    यसको मोटरले १७१ हर्षसम्मको पावर र २५५ न्युटन मिटर टर्क उत्पन्न गर्छ। १०० किलोवाटको डीसी फास्ट चार्जरबाट यो गाडी १० बाट ८० प्रतिशतसम्म ३९ मिनेटमै चार्ज हुन्छ।

    हुन्डाई नेइराको लम्बाइ ४,५५० एमएम र चौडाइ १,८०० एमएम हुने अपेक्षा गरिएको छ । यसमा अत्याधुनिक सुरक्षा प्याकेज र आधुनिक सेन्सरहरू समेत समावेश गरिनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij