काठमाडौं। साताको कारोबारको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ अंकमा झरेको छ।
नेप्सेका अनुसार बुधबार ३४३ कम्पनीका ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९३ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।




