शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

हिमाल डेन्टल हस्पिटलले आइपिओ निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

हिमाल डेन्टल हस्पिटलले आइपिओ निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं। हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको हो।

    आईपीओ निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मीप्रसाद प्रसाईं र डा. निरञ्जन आचार्य पनि उपस्थित थिए।

    कम्पनीले जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्ने जनाएको भए पनि निष्काशन गरिने शेयर संख्या, प्रतिकित्ता मूल्य, आईपीओबाट संकलन हुने रकम तथा निष्काशनको मितिबारे भने हालसम्म सार्वजनिक गरिएको छैन।

    सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालले उपचार सेवासँगै दन्त रोगको रोकथाम, नियमित मुख स्वास्थ्य परीक्षण तथा दन्त स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij