शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

दिवाकर गोल्छाको सम्झनामा हुलासको संस्थापक दिवस, देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम

दिवाकर गोल्छाको सम्झनामा हुलासको संस्थापक दिवस, देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम

सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं। औद्योगिकीकरण र उद्यमशीलताको क्षेत्रमा अग्रणी योगदान पुर्याएका स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्ती तथा संस्थापक दिवसको अवसरमा हुलास स्टील इन्डस्ट्रिज लिमिटेडले देशभर विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गरेको छ।

    मंगलबार ९श्रावण १३० संस्थापक दिवस विशेष रूपमा मनाउँदै कम्पनीले स्वर्गीय दिवाकर गोल्छाको दूरदर्शिता, मार्गदर्शन र स्वदेशमै रोजगारी सिर्जना गर्ने अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ। कम्पनीका अनुसार काठमाडौंस्थित कर्पोरेट कार्यालय, उद्योग परिसर तथा विभिन्न शाखा कार्यालयहरूमा विविध कार्यक्रम सम्पन्न भएका छन्।

    संस्थापक दिवसको अवसरमा स्थानीय बासिन्दाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, उत्कृष्ट कर्मचारी सम्मान तथा पुरस्कार वितरण, वातावरण संरक्षणका लागि वृक्षारोपण, विद्यालय तथा वृद्धाश्रममा भोजन वितरण र किर्तिपुर अस्पताललाई डायलाइसिस उपकरण हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

    हुलास समूहले स्वर्गीय दिवाकर गोल्छाको औद्योगिकीकरणमार्फत देशलाई आत्मनिर्भर बनाउने सोचअनुसार देशका विभिन्न स्थानमा कर्कटजस्ता पाता, पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टिल युटेन्सिल, जीआई, कपर वायर तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएको जनाएको छ। यी उद्योगमार्फत करिब २० हजार जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराइएको कम्पनीको दाबी छ।

    नेपालमै गुणस्तरीय कर्कटजस्ता पाता उत्पादन गर्ने उद्देश्यले स्थापना भएको हुलास स्टील इन्डस्ट्रिज लिमिटेडले ४५ वर्षको यात्रामा मुलुकको औद्योगिक विकास, रोजगारी सिर्जना तथा अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको कम्पनीले जनाएको छ।

    त्यसैगरी, दिवाकर गोल्छा फाउन्डेसनमार्फत विभिन्न संघसंस्था, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोग र सामाजिक सेवामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएको कम्पनीले जानकारी दिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij