काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले घटेर २६७२.५८ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहिबार ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।




