आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपालमा महिन्द्राको नयाँ बोलेरो क्याम्पर डीसी गोल्ड सार्वजनिक

नेपालमा महिन्द्राको नयाँ बोलेरो क्याम्पर डीसी गोल्ड सार्वजनिक

सजिलो पाना
शुक्रवार, श्रावण १५ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । नेपाली बजारमा महिन्द्राको नयाँ बोलेरो क्याम्पर डीसी गोल्ड पिकअप सार्वजनिक भएको छ । नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले नयाँ बोलेरो क्याम्पर बिक्री सुरू गरेको हो ।

    कम्पनीले याँ बोलेरो क्याम्परको मूल्य ३९ लाख रुपैयाँ तोकेको छ । नयाँ क्याम्पर आकर्षक नयाँ डिजाइन, थप आरामदायी क्याबिन र आधुनिक फिचर थपिएर आएको हो ।

    साथै, महिन्द्राले नयाँ बोलेरो क्याम्पर डीसी गोल्डमा अघिल्लो मोडलको विश्वसनीय शक्ति र टर्कमा अपग्रेडको छ । साथै एयर कन्डिसनर (एसी), म्युजिक सिस्टम, लेदर सिट थप गरिएका छन् ।

    यसमा महिन्द्राको विश्वासिलो एम २ डीआइ फोर सिलिण्डर २५२३ सीसीको डिजेल इन्जिन छ । यस पिकअपले ३,२०० आरपीएममा ५९.७ किलोवाट तथा १,४०० देखि २,२०० आरपीएममा २२० न्युटन मिटर टर्क प्रदान गर्छ ।

    शक्तिशाली इन्जिन भएकै कारण यो गाडीले जस्तोसुकै बाटोमा पनि उच्च तान्ने क्षमता, इन्धन दक्षता तथा भरपर्दो कार्यसम्पादन सुनिश्चित गर्छ।

    नयाँ बोलेरो क्याम्परको लम्बाइ ४८५९ एमएम, चौडाइ १७०० एममएम र उचाइ १८५५ एमएम छ । यसमा ३०१४ एमएमको ह्वीलबेस पाउन सकिन्छ । यसमा १४४३ एमएमको फ्रन्टट्रयाक र १३५५ एमएमको रियर ट्रयाक छ ।

    नयाँ बोलेरो क्याम्पर डीसी गोल्डले मजबुत क्षमता र दैनिक प्रयोगको आराम बीचको सन्तुलनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको छ। महिन्द्राले व्यवसायी, उद्यमी तथा भरपर्दो सवारीसाधनमा निर्भर पेशाकर्मीहरूको आवश्यकतालाई ध्यानमा राखेर विकास गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij