आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आईएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

सजिलो पाना
आइतवार, श्रावण १७ २०८३
सजिलो पाना
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताको योगदानको सम्मान तथा उनीहरूलाई थप उत्प्रेरित गर्ने उद्देश्यले ‘आईएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न गरेको छ।

    कम्पनीले शुक्रबार काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजना गरेको कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने तथा धेरै बीमालेख जारी गर्ने अभिकर्तालाई विभिन्न विधामा सम्मान गरिएको कम्पनीले जनाएको छ।

    कार्यक्रममा आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल, सञ्चालकहरू, उच्च व्यवस्थापनका अधिकारी तथा अभिकर्ताको उपस्थिति थियो।

    कार्यक्रमको सुरुआतमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले अभिकर्ताको योगदान कम्पनीको सफलताको आधार रहेको उल्लेख गर्दै उनीहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा र व्यवसायिक विकासका लागि यस्ता कार्यक्रम नियमित आयोजना गरिने बताए।

    उनले कम्पनीले प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ आधुनिक प्रविधिको उपयोग गरी अभिकर्ताको कामलाई थप सहज र प्रभावकारी बनाइने बताए।

    आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्ला आठ वर्षमा कम्पनीले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहमा आईएमई लाइफले अग्रणी भूमिका निर्वाह गरिरहेको बताए।

    कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताले केवल बीमा बिक्रीकर्ता नभई बीमा परामर्शदाताको भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले अभिकर्ताको व्यवसायिक क्षमता अभिवृद्धिका लागि कम्पनीले थप तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालन गरिरहने जानकारी दिए।

    प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यवसायिक उपलब्धिमा अभिकर्ताको भूमिका निर्णायक रहेको बताए। उनले उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न नयाँ–नयाँ योजना ल्याइएको उल्लेख गर्दै समयानुकूल सेवा सुधार, डिजिटल सेवा विस्तार र व्यवसायिक उपलब्धि अझ सुदृढ बनाउन कम्पनी प्रतिबद्ध रहेको बताए।

    कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने तथा सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्तालाई विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मानित अभिकर्तालाई आईएमई समूहका प्रबन्ध निर्देशक हेमराज ढकाल, सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालकहरू विनोद केसी, उषा ढकाल, सुनीलकुमार पोखरेल र सन्दीप अग्रवाल लगायतले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij