काठमाडौं । आज २०८२ साल जेठ १५ गते बिहीबार।
मेष : अगाडि रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। शेयर मार्केटबाट मनग्य लाभ मिल्ने सम्भावना छ भने भाग्यको पुरा साथ मिल्नेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
वृष : धनलक्ष्मी योग परेको छ। माया मारेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्यकस्तो छ आजकोमा सुधार हुनेछ। धातुको व्यापारबाट फाइदा हुने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : दिन राम्रो छ। तपाईंको बोलीमा सरस्वतीको बास रहेको छ। शिक्षामा प्रगति हुनेछ। सम्पत्ति आर्जन गर्ने दिन छ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। कृषि सम्बन्धी व्यापारबाट नाफा हुने योग छ।
कर्कट : सञ्चित धन खर्च हुनेछ। राजनीतिमा धोका हुने जोखिम छ। आफ्नो भनेकै साथीबाट विरोधको आवाज सुन्नुपर्ने बाध्यता हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा बढुवा हुनेछ।
सिंह : आम्दानी बढ्ने योग छ। सानो कुराले मनमा खटपट बढ्नेछ। शनिका प्रभावले मन अशान्त हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।
कन्या : भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। फलफूलको व्यापारमा लगानी गर्नु उचित हुनेछ। दूधको व्यापारबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत भएर अगाडि बढ्नुपर्नेछ।
तुला : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। विपक्षीलेसमेत तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ।
वृश्चिक : दिन सामान्य छ। ठुलो कामको सुरुवात गर्ने समय छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। बौद्धिक व्यक्ति प्रतिपक्षमा भएकाले नम्र भएर काम गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
धनु : आफन्तसँग नम्र बन्नुपर्ने समय छ। तपाईंको बोलीले आफन्त टाढा पुग्ने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिमा घेराबन्दी भए पनि परिवारको साथ मिल्नेछ।
मकर : कार्यक्षेत्रमा अरुको उपकार गर्नुभन्दा अघि आफ्नो बारेमा सोच्नुहोला। नोकरी वा पेशामा शत्रुहरू परास्त हुनेछन्। स्वास्थ्यमा पेटसम्बन्धी समस्या रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीसँग सकारात्मक सुझाव पाउने योग छ। परिवारको साथमा बस्दा शान्ति मिल्नेछ।
मीन : मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि जानकारसंग सल्लाह लिनुहोला। घर परिवारमा मांगलिक कार्य हुन सक्ला। व्यापार व्यवसायमा मातापिताको आशिर्वाद लिएर निक्लिनुहोस् लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।




