शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

शिक्षक महासंघले फेरि आन्दोलन गर्ने तयारी

शिक्षक महासंघले फेरि आन्दोलन गर्ने तयारी

सजिलो पाना
सोमवार, श्रावण १८ २०८३
सजिलो पाना
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । पटक-पटक आन्दोलन गरी सरकारसँग सहमति गरे पनि विद्यालय शिक्षा ऐन जारी हुन नसकेको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले फेरि आन्दोलन गर्ने तयारी गरेको छ। शिक्षकहरूको हातमा परिणाम नआएको निष्कर्षमा पुगेको शिक्षक महासंघले छिट्टै आन्दोलन गर्ने गरी तयारी गरेको हो।

    नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब आन्दोलन गरिने बताए। नेपाल शिक्षक महासंघ तेस्रो राष्ट्रिय परिषदको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले परिणाम आउने गरी आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्।

    आफू भदौ १८ देखि निवृत्त हुन लागेको सुनाएका उनले त्यसअघि नै आन्दोलन गर्ने संकेत गरेका छन्।

    ‘आन्दोलन अब एक मात्र विकल्प भएको छ। साथीहरू आन्दोलनले के परिणाम दियो भन्नुहुन्छ- हाम्रो हातमा आन्दोलन मात्र छ, परिणाम हाम्रो हातमा छैन, परिणाम राज्य र त्यससँग सम्बन्धित निकायका हातमा छ। हाम्रो मात्र प्रयत्नबाट परिणाम आउँदैन,’ उनले भने।

    उनले यसअघिको आन्दोलन अहिलेसम्मकै ठूलो र सडक प्रदर्शन पनि धेरै दिनसम्म चलेको उल्लेख गर्दै सरकारसँग त्यसबेला गरिएका सहमति राजनीतिक परिस्थितिका कारण कार्यान्वयन हुन नसकेको बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij