शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन

सजिलो पाना
सोमवार, श्रावण १८ २०८३
सजिलो पाना
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै उनका समर्थकले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

    परिस्थिति भड्काउने अभिव्यक्ति दिएको आरोपमा आइतबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई बिनासर्त रिहाइ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको हो ।
     
    विभिन्न आठबुँदे माग राख्दै नागरिक बचाउ महाअभियान, नागरिक बचाउ दल नेपाल र प्रस्तावित नयाँ राष्ट्रवादी पार्टी नेपालले सोमबार प्रदर्शन गरेका हुन् ।

    उनीहरूले दुर्गा प्रसाईंलाई रिहा गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, सुकुम्वासी समस्या समाधान गर्नुपर्ने, वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, १२ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने, लघुवित्त, बैंक, सहकारी र मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्नेलगायत माग सरकारसँग राखेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij