शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

एनएमबिले बनायो नयाँ कीर्तिमान, खुद नाफा ४ अर्ब १ करोड रुपैयाँ

एनएमबिले बनायो नयाँ कीर्तिमान, खुद नाफा ४ अर्ब १ करोड रुपैयाँ

सजिलो पाना
मंगलवार, श्रावण १९ २०८३
सजिलो पाना
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा इतिहासमै पहिलोपटक ४ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको जनाएको छ।

    बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षमा बैंकको खुद नाफा ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको २ अर्ब ८५ करोड रुपैयाँको तुलनामा ४०.६ प्रतिशतले बढी हो।

    नाफामा भएको वृद्धिसँगै बैंकको वित्तीय प्रतिफलमा पनि सुधार आएको छ। बैंकको पुँजी प्रतिफल (Return on Equity) ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल (Return on Assets) १.०४ प्रतिशत पुगेको छ।

    विवरणअनुसार बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ रुपैयाँ कायम भएको छ। व्यवसाय विस्तार र प्रभावकारी वित्तीय व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी १७.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

    डिजिटल बैंकिङ तथा ट्रान्ज्याक्सन बैंकिङमा गरिएको लगानीले शुल्क तथा कमिसन आम्दानीमा उल्लेख्य योगदान दिएको बैंकले जनाएको छ। यसअन्तर्गत शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

    त्यस्तै, ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारबाट हुने आम्दानीमा उल्लेखनीय सुधार देखिएको छ। बैंकको ट्रेडिङ आम्दानी ८९ प्रतिशतले बढेर ६८ करोड १४ लाख रुपैयाँ पुगेको छ।

    बैंकले दिगो वृद्धि, डिजिटल वित्तीय सेवाको विस्तार तथा ग्राहककेन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै ग्राहक, शेयरधनी र अन्य सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने प्रतिबद्धता दोहोराएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij