शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

८३ प्रतिशतले बढ्यो शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा

८३ प्रतिशतले बढ्यो शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा

सजिलो पाना
मंगलवार, श्रावण १९ २०८३
सजिलो पाना
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफामा उछाल आएको देखिएको हो ।

    अघिल्लो आवदेखि गत आवसम्म आइपुग्दा एक वर्षको अवधिमा बैंकको खुद नाफा ६४ करोड ५६ लाख रुपैयाँबाट ८२.९७ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख रुपैयाँ पुगेको हो । त्यस्तै सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँबाट २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

    समीक्षा अवधिमा बैंकको खुद फी तथा कमिशन आम्दानी ३० करोड १९ लाख रुपैयाँबाट ३१ करोड १६ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब ९७ करोड ७७ लाख रुपैयाँबाट ३ अर्ब १६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । योसँगै बैंकको सञ्चालन मुनाफा पनि ९१ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ नाघेको छ ।

    बैंकको प्रतिशेयर आम्दानी १३.२४ रुपैयाँबाट २३.५२ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.२७ प्रतिशतबाट ४.९३ प्रतिशत पुगेको छ । यता बैंकको वितरणयोग्य मुनाफा ६६ करोड ८५ लाख रुपैयाँबाट ८४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १५९.४८ रुपैयाँ रहेको छ ।

    चुक्ता पूँजी ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँबाट ५ अर्ब २ करोड १९ लाख रुपैयाँ पुगेको बैंकको रिजर्भ कोषमा २ अर्ब १४ करोड ८ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकले कर्जा लगानी ५६ अर्ब ९० करोड ७१ लाख रुपैयाँबाट ६३ अर्ब २६ करोड ७७ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँबाट ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij