शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

सिद्धार्थ बैंकले कमायो ३ अर्ब ५१ करोड खुद नाफा

सिद्धार्थ बैंकले कमायो ३ अर्ब ५१ करोड खुद नाफा

सजिलो पाना
मंगलवार, श्रावण १९ २०८३
सजिलो पाना
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा साढे ३ अर्ब भन्दा बढी नाफा कमाएको छ ।

    बैंकले प्रकाशित गरेको गत आबको अपरिस्कृत वित्तीय विवरणमा निष्क्रिय कर्जामा वृद्धि भएर कर्जा नोक्सानी व्यवस्था बढेपनि व्यवसाय र नाफा दुवैमा सुधार गरेको छ ।

    बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार स बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ४.५४ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ पुगेको । अघिल्लो आबमा बैंकले ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    बैंकको व्यवसाय विस्तारतर्फ निक्षेप संकलन १६.६५ प्रतिशतले वृद्धि भई ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह ९.०५ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

    गत आबमा बैंकको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) २८.४३ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ६४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आबमा बैंकको कर्जा नोक्सानी व्यवस्था १ अर्ब ३७ करोड ५३ लाख रुपैयाँ थियो ।

    अघिल्लो वर्षको तुलनामा निष्क्रिय कर्जा २.६२ प्रतिशतबाट बढेर ३.५३ प्रतिशत पुगेका कारण बैंकले सम्भावित जोखिमका लागि छुट्याएको रकम पनि बढेको छ ।

    प्रोभिजनिङमा बढ्दा पनि बैंकको नाफा बढ्नुको मुख्य कारण खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा भएको सुधार हो । बैंकको खुद ब्याज आम्दानी ८.९० प्रतिशतले बढेर १० अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।

    फि तथा कमिसन आम्दानी पनि १७.७० प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जसले प्रोभिजनिङ बढेपनि नाफामा सुधार भएको हो ।

    बैंकको नाफामा सुधार भएपनि रिटर्न अन इक्विटी भने ११.४१ प्रतिशतबाट घटेर १०.६२ प्रतिशत र रिटर्न अन एसेट्स १.०६ प्रतिशतलबाट घटेर ०.९४ प्रतिशत कायम भएको छ।

    नाफा बढ्दा बैंकको बैंकको प्रतिशेयर आम्दानी भने २२.७६ रुपैयाँबाट बढेर २३.०६ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ २२५.१७ रुपैयाँ कायम भएको छ । बैंकको मूल्य आम्दानी अनुपात१७.१३ गुणा रहेको छ ।

    अधिक तरलताले कर्जाको ब्याजदरमा चर्को प्रतिस्पर्धा हुँदा पनि बैंकदे स्प्रेड दर ३.६९ प्रतिशत कायम गरेको छ । कोषको लागत ३.४३ प्रतिशतमा झरेको छ भने आधार दर ५.०२ प्रतिशतमा झरेको छ ।

    १४ अर्ब ७९ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ३ अर्ब ५० करोड रुपैयाँको प्रिफरेन्स सेयर जारी गरी सेयर क्यापीटल १८ अर्ब २९ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ । जगेडाकोषमा १६ अर्ब ९२ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ७० करोड ५७ लाख रुपैयाँ छ ।

    गत आर्थिक वर्षमा ऋणपत्र पक्वि भएर २ अर्ब १६ करोड २६ लाख रुपैयाँ डिवेञ्चर रिडेम्सन रिजर्भबाट सञ्चित नाफामा आएको छ । गत आबको वितरणयोग्य नाफा सञ्चित नाफा १ अर्ब ७० करोड ५७ लाख रुपैयाँ छ ।

    प्रिफरेन्स सेयरको लागि दिनुपर्ने लाभांश १० करोड ७५ लाख ८९ हजार रुपैयाँ छुट्याएपछिको वितरणयोग्य नाफाबाट ११.५३ प्रतिशत लाभांश बाँड्न सक्छ ।

    डिवेञ्चर रिडेमसन रिजर्भबाट आएको २ अर्ब १६ करोड २६ लाख रुपैयाँसमेत गरी बैंकको कुल लाभांश क्षमता भने २६.१५ प्रतिशत छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij