काठमाडाैं । दूरसञ्चार सेवा अब केवल कल र इन्टरनेटमा मात्र सीमित छैन। ग्राहकलाई थप मूल्य, सहज डिजिटल अनुभव र जीवनशैलीसम्बन्धी सेवासँग जोड्ने उद्देश्यका साथ एनसेलले ‘मनसुन अफर’ सार्वजनिक गरेको छ ।
बुधबारदेखि सञ्चालनमा आएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिका योग्य प्याक खरिद गर्दा पाँचदेखि २० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्छन्। यो सुविधा केवल प्याकमा मात्र सीमित छैन, नयाँ सिम अर्थात् स्टार्टर प्याक खरिद गर्ने ग्राहकले पनि क्यासब्याकको लाभ लिन सक्छन्।
यो अफरले ग्राहकलाई एउटै रकममा थप मूल्य दिने अवधारणालाई अघि सारेको छ। प्याक खरिद गरेपछि ग्राहकले तत्काल एसएमएसमार्फत क्यासब्याक भएको जानकारी प्राप्त गर्छन् र सो क्यासब्याक एनसेल एपमा रहेको खातामा जम्मा हुन्छ। ग्राहकले २४ घण्टाभित्र ‘क्लेम क्यासब्याक’ विकल्पमार्फत उक्त रिवार्ड दाबी गर्नुपर्ने हुन्छ भने प्राप्त क्यासब्याक एक साताभित्र प्रयोग गरिसक्नु पर्छ। क्यासब्याकबाट ग्राहकले आफूलाई आवश्यक अन्य योग्य प्याकहरू खरिद गर्न सक्छन्, तर यो रकम नगदमा रूपान्तरण वा अन्य ग्राहकलाई ट्रान्सफर गर्न भने मिल्दैन।
कम्पनीका अनुसार, रु. ५० देखि ९९ सम्मको प्याकमा पाँच प्रतिशत, रु. १०० देखि २०० सम्ममा १० प्रतिशत, रु. २०१ देखि ४९९ सम्ममा १५ प्रतिशत र रु. ५०० वा सोभन्दा माथिका प्याकमा २० प्रतिशतसम्म क्यासब्याक प्रदान गरिन्छ। त्यसैगरी, रु. ९९ को स्टार्टर प्याक खरिद गर्ने ग्राहकले पाँच प्रतिशत क्यासब्याक पाउँछन्।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताका अनुसार, ग्राहकहरूलाई सधैँ हृदयमा राख्ने कम्पनीको कोर भ्यालु अनुरूप यो अफरमार्फत ग्राहकहरूलाई थप मूल्य उपलब्ध गराईएको हो जसले ग्राहकको ब्यालेन्स र अनुभव दुवैलाई थप रोमाञ्चक बनाउँछ । “प्रत्येक प्याक खरिदलाई अझ लाभदायक बनाएर हामी हाम्रा ग्राहकहरूले एनसेल एपको असीमित सम्भावना अनुभव गरुन् भन्ने चाहन्छौँ,” उनले भने । उनका अनुसार, कम्पनीले हिमालयन जाभाको पेय पदार्थ होस् वा ट्रिप टर्बोमार्फत अविस्मरणीय यात्रा योजना र अल्टिमाबाट प्रिमियम लाइफस्टाइल उत्पादनहरू खरिद, एनसेल एप कम्पनीले उपलब्ध गराउने वा गराइरहेको विशेष लाभ प्राप्तिको प्रवेशद्वार हो ।
पछिल्ला केही वर्षदेखि एनसेलले आफ्नो एपलाई केवल ग्राहक सेवाको एक प्लेटफर्मका रुपमा मात्र सीमित नराखी दैनिक जीवनसँग जोडिने डिजिटल इकोसिस्टमका रूपमा विकास गरिरहेको छ। त्यसकै निरन्तरतास्वरूप ग्राहकहरूले विभिन्न साझेदार ब्रान्डमार्फत विशेष छुट र सुविधा पनि प्राप्त गर्दै आएका छन्।
हिमालयन जाभासँगको साझेदारीमा रु. ९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लान प्रयोग गर्ने ग्राहकले खानेकुरा तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउँछन् भने केही प्याकका आधारमा पेय पदार्थमा ३० प्रतिशतसम्म छुट उपलब्ध छ। त्यसैगरी, ट्रिप टर्बोसँगको सहकार्यमार्फत बस टिकट, आन्तरिक हवाई टिकट तथा साहसिक गतिविधिहरूमा रु. ८,००० सम्म छुटको सुविधा रहेको छ। अल्टिमा लाइफस्टाइलका उत्पादन खरिद गर्दा एनसेल ग्राहकहरूले ६० प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्छन्।
यसरी हेर्दा ‘मनसुन अफर’ केवल क्यासब्याक योजना मात्र होइन, ग्राहकलाई डिजिटल सेवाको केन्द्रमा राख्दै मोबाइल कनेक्टिभिटीभन्दा बाहिरको अनुभव प्रदान गर्ने एनसेलको प्रयास पनि हो। एपको प्रयोगलाई प्रोत्साहन गर्दै कम्पनीले आफ्ना ग्राहकलाई दैनिक जीवनसँग जोडिएका सेवा, विशेष साझेदारी र थप मूल्ययुक्त डिजिटल अनुभव प्रदान गर्ने लक्ष्य अघि सारेको छ।




