शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

६२ करोड ९९ लाखले बढ्याे महालक्ष्मी विकास बैंकको नाफा

६२ करोड ९९ लाखले बढ्याे महालक्ष्मी विकास बैंकको नाफा

सजिलो पाना
बुधवार, श्रावण २० २०८३
सजिलो पाना
बुधवार, श्रावण २० २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४८.४६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४२ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

    समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १ अर्ब ९४ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

    बैंकको खुद फी तथा कमिशन आम्दानी २० करोड ६५ लाख रुपैयाँबाट २३ करोड ४ लाख रुपैयाँ पुगेको छ । 

    बैंकको कुल सञ्चालन आम्दानी ९.५४ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब २७ करोड १८ लाख रुपैयाँ रहेको थियो । 

    आम्दानीमा वृद्धि भएसँगै बैंकको सञ्चालन मुनाफा ५३.४१ प्रतिशतले बढेर ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ६१ करोड १४ लाख रुपैयाँ रहेको थियो । 

    बैंकको वितरणयोग्य मुनाफा ४.४० प्रतिशतले बढेर ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।  यस आधारमा बैंकको लाभांश वितरण क्षमता १०.३१ प्रतिशत रहेको छ । 

    ४ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब ४८ करोड रुपैयाँ सञ्चिति रहेको छ । 

    बैंकले ५५ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरि ४३ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    बैंकको आधार दर ६.९४ प्रतिशतबाट घटेर ५.६६ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १३.९६ रुपैयाँ, खराब कर्जा (एनपीएल) ६.३२ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६५.४२ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij