आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

लुम्बिनी विकास बैंकले कमायो ८५ करोड १० लाख रुपैयाँ खुद नाफा

लुम्बिनी विकास बैंकले कमायो ८५ करोड १० लाख रुपैयाँ खुद नाफा

सजिलो पाना
बिहिवार, श्रावण २१ २०८३
सजिलो पाना
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा २५२.९६ प्रतिशत बढी हो।

    अघिल्लो आर्थिक वर्षमा बैंकले २४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा १०८.५० प्रतिशतले वृद्धि भई १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

    कर्जा असुलीमा सुधार आएपछि सम्भावित कर्जा नोक्सानीबापत छुट्याउनुपर्ने इम्पेरमेन्ट चार्ज उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षमा ७७ करोड ८७ लाख रुपैयाँ रहेको यस्तो व्यवस्था गत आर्थिक वर्षमा १३ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ। यसले बैंकको खुद नाफा वृद्धिमा महत्वपूर्ण योगदान दिएको देखिएको छ।

    बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ६ रुपैयाँ ६५ पैसा रहेको ईपीएस गत आर्थिक वर्षमा २३ रुपैयाँ ४८ पैसा पुगेको छ।

    वित्तीय विवरणअनुसार नियामकीय समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा ४३ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफासमेत समायोजन गर्दा कुल वितरणयोग्य नाफा ६१ करोड ५५ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

    बैंकको नाफा, सञ्चालन आम्दानी र लाभांश वितरण क्षमता सबैमा सुधार देखिएकाले आर्थिक वर्ष २०८२/८३ बैंकका लागि उत्साहजनक रहेको वित्तीय विवरणले संकेत गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij