आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

स्मार्ट प्रविधिसहित याडियाका तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

स्मार्ट प्रविधिसहित याडियाका तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक

सजिलो पाना
बिहिवार, श्रावण २१ २०८३
सजिलो पाना
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं। नेपालका लागि याडिया (YADEA) को आधिकारिक वितरक कुञ्ज नेपाल प्रालिले नयाँ पुस्ताका विद्युतीय स्कुटर GS70, GT70 र GT80 सार्वजनिक गरेको छ। कम्पनीले आधुनिक प्रविधि, उच्च कार्यक्षमता र स्मार्ट फिचरसहितका यी स्कुटरले नेपाली बजारमा विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेको छ।

    कम्पनीका अनुसार विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड याडियाले दैनिक आवागमनदेखि प्रिमियम राइडिङ अनुभव चाहने ग्राहकसम्मलाई लक्षित गर्दै तीन फरक मोडल बजारमा ल्याएको हो।

    GS70 दैनिक प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको मोडल हो। यसमा २.१ kWh LFP ब्याट्री, २.४ kW मोटर र एकपटकको पूर्ण चार्जमा १०५ किलोमिटरसम्मको रेन्ज उपलब्ध हुने कम्पनीले जनाएको छ।

    त्यस्तै GT70 लामो दूरीका यात्राका लागि तयार गरिएको मोडल हो। यसमा ५.७ kWh डुअल LFP ब्याट्री प्रणाली, ३.६ kW मोटर र १७० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीको दाबी छ। डुअल ब्याट्री प्रणालीका कारण चार्जिङ थप सहज र लचिलो हुने जनाइएको छ।

    प्रिमियम सेग्मेन्टमा राखिएको GT80 मा ३.६ kWh लिथियम ब्याट्री, ५ kW पीक मोटर, ८० किमि प्रतिघण्टासम्मको अधिकतम गति तथा १५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ। उत्कृष्ट प्रदर्शन, आधुनिक डिजाइन र आरामदायी राइडिङ अनुभवका लागि यो मोडल विकास गरिएको कम्पनीको भनाइ छ।

    यी तीनै मोडलमा स्मार्ट कीलेस सिस्टम, ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), क्रुज कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, डुअल डिस्क ईबीएस ब्रेकिङ सिस्टम, टीएफटी स्मार्ट डिस्प्ले, मोबाइल कनेक्टिभिटी तथा याडिया एप सपोर्टजस्ता स्मार्ट फिचर समावेश गरिएको छ।

    कम्पनीले GS70 र GT70 मा ३ वर्ष वा ५० हजार किलोमिटर तथा GT80 मा ३ वर्ष वा ७० हजार किलोमिटर सम्मको ब्याट्री वारेन्टी उपलब्ध गराउने जनाएको छ।

    कुञ्ज नेपालका अनुसार नयाँ स्कुटरहरू आगामी NAIMA Auto Show मा सर्वसाधारणका लागि प्रदर्शन गरिनेछन्। कम्पनीले परीक्षण सवारी (टेस्ट राइड) र वित्तीय सुविधासहित बिक्रीसमेत सुरु गर्ने तयारी गरेको जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij