काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।
बिहीबार तोलामा चार हजार पाँच सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।




