आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

शनिबार केही जिल्लामा १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने

शनिबार केही जिल्लामा १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने

सजिलो पाना
शुक्रवार, श्रावण २२ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालका केही जिल्लामा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । 

    प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ ।

    प्राधिकरणले मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेसनका उपकरणहरूको परीक्षण तथा सञ्चालन र दुहबी–दमक १३२ के.भी. प्रसारणलाइनअन्तर्गत केरौनस्थित टावर नं. ६८ र ६९ बीच डेड एन्ड टावर जडान गर्न अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij