आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न भुक्तानी सेवा प्रदायकहरूलाई राष्ट्र बैंकको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न भुक्तानी सेवा प्रदायकहरूलाई राष्ट्र बैंकको निर्देशन

सजिलो पाना
शुक्रवार, श्रावण २२ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले सञ्चालन गर्न लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८१’ लाई व्यवस्थित र प्रभावकारी बनाउन भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।

    राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त सबै संस्थाहरूलाई पत्राचार गर्दै आन्तरिक राजस्व विभाग सञ्चालन गर्ने कार्यक्रमका लागि विद्युतीय प्रणालीमा अन्तर–आबद्धता कायम गर्न र कार्यक्रमका बारेमा ग्राहकहरूलाई समयमै सूचित गर्न निर्देशन दिएको हो ।

    सबै भुक्तानी सेवा प्रदायकहरूले आफ्नो मोबाइल एपमा उपहार कार्यक्रमसँग सम्बन्धित बारम्बार सोधिने प्रश्नहरूको एउटा छुट्टै खण्ड समावेश गर्नुपर्नेछ ।

    आगामी साउन २१ गतेदेखि सुरु हुने उक्त कार्यक्रमका बारेमा पूर्वजानकारी दिन साउन १६ गते नै सबै ग्राहकहरूलाई मोबाइल एपमार्फत नोटिफिकेसन पठाउनु पर्ने निर्देशनमा उल्लेख छ ।

    कार्यक्रममा सहभागी हुनका लागि ग्राहकले आफ्नो मोबाइल एप अपडेट गर्नुपर्ने भएमा त्यसको जानकारी समेत नोटिफिकेसनमार्फत नै दिनुपर्नेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij