आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

ज्योति विकास बैंक र एनसीएचएलबीच नेपालपे कार्ड सेवाका लागि सम्झौता

ज्योति विकास बैंक र एनसीएचएलबीच नेपालपे कार्ड सेवाका लागि सम्झौता

सजिलो पाना
शुक्रवार, श्रावण २२ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच ईएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

    सम्झौतापत्रमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गरेका छन्।

    एनसीएचएलको ईएफटी स्वीच नेशनल कार्ड स्वीच (NPS-NCS) सँग इन्टिग्रेसन भइसकेको छ। सम्झौतापछि ज्योति विकास बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै, बैंकले डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्ड तथा अन्य कार्डहरू अक्वायर गरी नेपालपे कार्डका कारोबारसमेत प्रोसेस गर्न सक्नेछ।

    एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेसँगै अन्तर्राष्ट्रिय कार्ड नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वभर प्रयोग गर्न सकिने व्यवस्था भएको जनाएको छ। अब बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिनेछ।

    एनसीएचएलका अनुसार ईएफटी सर्भिसमार्फत हाल ११ वटा बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किम प्रोसेस गर्दै आएका छन्। ईएफटी र नेशनल पेमेन्ट स्वीचबीचको इन्टिग्रेसनपछि नेपालपे कार्ड पनि ईएफटीमार्फत प्रोसेस गर्न सकिने भएको हो।

    हालसम्म नेपालपेमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भई विभिन्न चरणमा रोलआउट भइरहेका छन्। तीमध्ये ८ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने ११ भन्दा बढी संस्थाले कार्ड अक्वायरिङ सेवा सुरु गरिसकेका छन्।

    ज्योति विकास बैंकले हाल १० लाखभन्दा बढी ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ। डिजिटल बैंकिङतर्फ केन्द्रित हुँदै आएको बैंकले देशभर १२१ शाखा, २ एक्सटेन्शन काउन्टर र ७५ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij