आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कमिसन घटाएर उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन

कमिसन घटाएर उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन

सजिलो पाना
शुक्रवार, श्रावण २२ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । कमिसन घटाउन र उचित भाडादर निर्धारण गर्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभ, पठाओ, यांगोलगायत राइड सेयरिङसँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन् ।

    कमिसन बढी तर भाडा कम भएको गुनासो गर्दै चालकहरूले इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउन्डेसन नेपालको अगुवाइमा चालकहरूले आन्दोलन थालेका हुन् ।

    प्रदर्शनका क्रममा चालकहरूले ‘भाडा कम, कमिसन बढी अब सहँदैनौँ’, ‘श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर’, ‘कमिसन घटाऔँ, न्याय बढाऔँ’, ‘हामी चुप लागेर बस्दैनौँ, अन्याय सहेर बस्दैनौँ’ र ‘राइडरको शोषण बन्द गर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    फाउन्डेसनकी अध्यक्ष रेश्मा बिसुङखेका अनुसार सरकारले नयाँ आर्थिक वर्षदेखि लागु गरेको पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)को भारसमेत चालकहरूले व्यहोर्नुपरेको छ । पुरानै भाडा दरअनुसार कमिसन तिर्नुपर्दा चालकहरू थप मारमा परेको उनको भनाइ छ । चालकहरू तीन दिनदेखि आन्दोलनमा छन् 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij