आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

पोखरामा बीवाइडीको पूर्ण थ्री-एस सुविधा र आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

पोखरामा बीवाइडीको पूर्ण थ्री-एस सुविधा र आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

सजिलो पाना
आइतवार, श्रावण २४ २०८३
सजिलो पाना
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ

    आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि. मार्फत पोखरा महानगरपालिका–१०, बुद्धचोकमा सो सर्भिस सेन्टर सञ्चालन गरिएको हो। यो नयाँ सर्भिस सेन्टरको स्थापनासँगै पोखरामा बीवाईडीको सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स (थ्री-एस) सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको छ

    यसबाट गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका ग्राहकहरूलाई सहज, भरपर्दो र स्तरीय बिक्रीपछिको सेवा प्राप्त हुने अपेक्षा गरिएको छ

    उक्त सर्भिस सेन्टरको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे। नेपालभर बिक्रीपछिको सेवा सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको बीवाईडीका लागि पोखरामा आधिकारिक सर्भिस सेन्टर सुरु हुनु महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ

    यसअघि पोखराका बीवाईडी ग्राहकले कम्पनीबाट तालिमप्राप्त थर्ड पार्टी सर्भिस पार्टनरमार्फत सेवा प्राप्त गर्दै आएका थिए। अब भने ग्राहकले बीवाईडीको आधिकारिक सेवा सञ्जालमार्फत अत्याधुनिक प्राविधिक सेवा, जेन्युइन स्पेयर पार्ट्स, विशेष उपकरण तथा तालिमप्राप्त प्राविधिकको सेवा प्राप्त गर्नेछन्

    कार्यक्रममा बोल्दै साइमेक्स इंकका हेड अफ सर्भिस सुशील तण्डुकारले बीवाईडीको सवारी खरिद गर्नु ग्राहकसँगको सम्बन्धको सुरुवात मात्र भएको र सम्पूर्ण स्वामित्व अवधिभर कम्पनीको जिम्मेवारी कायम रहने बताए

    पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याउनुले विश्वस्तरीय पूर्वाधार, दक्ष प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा ग्राहक–केन्द्रित सेवामार्फत उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको उनको भनाइ छ

    करिब ७ हजार २३३ वर्गफिट क्षेत्रफलमा फैलिएको यो सर्भिस सेन्टर विशेष रूपमा विद्युतीय सवारीसाधनको मर्मत सम्बन्धी आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ

    सर्भिस सेन्टरमा चारवटा आधुनिक भेइकल लिफ्ट, छुट्टाछुट्टै मर्मत क्षेत्र, हाई–भोल्टेज प्रणालीमा काम गर्ने विशेष कार्यक्षेत्र, जेन्युइन स्पेयर पार्ट्स स्टोरेज र डेडिकेटेड भेइकल वासिङ बे लगायतका सुविधा उपलब्ध छन्। यस सेन्टरले दैनिक १५ देखि १६ वटा सवारीसाधनलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्दछ

    यस सर्भिस सेन्टरबाट ग्राहकले नियमित मर्मत, ब्याट्री परीक्षण, मेकानिकल तथा इलेक्ट्रिकल रिपेयर, डेन्ट तथा पेन्ट, रोडसाइड असिस्टेन्स, वारेन्टी सर्भिसका साथै डेडिकेटेड सर्भिस एडभाइजर र सीआरएम टोलीमार्फत व्यक्तिगत सेवा प्राप्त गर्न सक्नेछन्

    आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ पुस्ताका विद्युतीय सवारी साधन सार्वजनिक गर्ने तयारी गरिरहेको बीवाईडीले बिक्रीपछिको सेवा र सर्भिस इकोसिस्टम निर्माणमा निरन्तर लगानी बढाउँदै लगेको छ

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij