शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम भव्यताका साथ सम्पन्न

सन नेपाल लाइफको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम भव्यताका साथ सम्पन्न

सजिलो पाना
सोमवार, श्रावण २५ २०८३
सजिलो पाना
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । साउन २२ गते शुक्रबारदेखि शुरु भएको तीन दिने ब्रान्च म्यानेजर कन्फ्रेन्स विभिन्न कार्यक्रम साउन २४ गते सम्पन्न भएको हो ।

    आर्थिक वर्ष २०८२/८३ को समिक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान र पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सुरु भएको थियो ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अर्यालले कम्पनीको आर्थिक वर्ष २०८२/८३ मा गरेको व्यवसाय अघिल्लो आर्थिक वर्ष भन्दा राम्रो बृद्धिदर भएकाले सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमित लगायतलाई धन्यवाद व्यक्त गरे । आगामी आर्थिक वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै ढुक्कले अघि बढ्न हौसला समेत प्रदान गरेका थिए ।

    कार्यक्रममा  कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु, सेल्स एक्जुकेटिभ गरी देशैभरीबाट उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij