शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

आजदेखि भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरू

आजदेखि भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरू

सजिलो पाना
मंगलवार, श्रावण २६ २०८३
सजिलो पाना
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको आयोजनामा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा प्रारम्भ भएको छ ।

    साउन २६ देखि ३१ गतेसम्म (११ देखि १६ अगस्ट) सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ । एक्स्पोलाई नेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा प्रस्तुत गरिएको छ ।

    एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा Learning Sessions, Policy Dialogues and Industry Interactions लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । प्रदर्शनीसँगै ज्ञान आदानप्रदान, सीप विकास, उद्योगसम्बन्धी छलफल तथा सुरक्षित र जिम्मेवार मोबिलिटीबारे जनचेतना अभिवृद्धिमा समेत जोड दिइएको आयोजकको भनाइ छ ।

    नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्नुका साथै भविष्यको दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनका अनुसार यसपटकको एक्स्पोमा प्रविधि, नवप्रवर्तन तथा दिगो मोबिलिटीका क्षेत्रमा भएका नवीनतम विकास नेपाली उपभोक्तामाझ प्रस्तुत गरिनेछ ।

    त्यस्तै, एक्स्पोको अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले नाइमा बोर्ड तथा विभिन्न समितिको नेतृत्व र मार्गदर्शनमा सचिवालयले सदस्य कम्पनी, प्रदर्शक, साझेदार, सरकारी निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गर्दै तयारी अघि बढाएको बताए ।

    उनका अनुसार यसपटक प्रदर्शनीसँगै Learning Sessions, तालिम तथा जनचेतनामूलक कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र अन्य सरोकारवालालाई एउटै मञ्चमा जोडेर ज्ञान तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य राखिएको छ ।

    नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शनी, सिकाइ तथा जनचेतनाको केन्द्रका रूपमा रहने बताए । उनले एक्स्पो अवधिभर आयोजना हुने विभिन्न Learning Sessions, Policy Dialogues and Industry Interactions मा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

    उद्घाटन समारोहपछि आज साउन २६ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म एक्स्पो सर्वसाधारणका लागि खुला रहने छ । त्यसपछि बाँकी दिनहरूमा भने एक्स्पो बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij