शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

टीभीएसको एड्भेन्चर मोटरसाइकल नाइमा एक्स्पोमा

टीभीएसको एड्भेन्चर मोटरसाइकल नाइमा एक्स्पोमा

सजिलो पाना
मंगलवार, श्रावण २६ २०८३
सजिलो पाना
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ मा टीभीएसको पहिलो एड्भेन्चर टुरिङ मोटरसाइकल आरटीएक्स ३०० प्रर्दशनी भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस आरटीएक्स ३०० मोटरसाइकल प्रर्दशनमा राखेको हो ।

    कम्पनीले यसको मूल्य तोकेको छैन् भने सम्वभत नेपाली फेस्टिभ सिजनमा यसको बिक्री सुरु हुनेछ । भारतमा बिक्री सुरू भएको ९ महिनापछि आरटीएक्स ३०० मोटरसाइकल नेपाल भित्रिएको हो ।

    टीभीएसको पहिलो एडीभी मोडलका रूपमा बजारमा आएको आरटीएक्स ३०० भारतीय बजारमा सस्तो मूल्य र आधुनिक फिचरका कारण छोटो समयमै निकै चर्चित बनेको छ । नेपाली बजारमा पनि यो मोटरसाइकलले एड्भेन्चर टुरिङ सेग्मेन्टमा नयाँ मानक बनाउने अपेक्षा गरिएको छ ।

    यस्तो छ टीभीएसको आरटीएक्स ३००

    टीभीएसले आरटीएक्सलाई नयाँ जेनेरेसन आरटी एक्सडी फोर इन्जिन प्लेटफर्ममा निर्माण गरेको हो । यो मोटरसाइकल जस्तोसुकै रोडमा चलाउन एकदमै सक्षम रहेको कम्पनीले जनाएको छ । यसमा प्रयोग भएको फ्रेम, चेसिस र अन्य डिजाइन कम्पनीले सबै नयाँ दिएको हो । भेरियन्ट अनुसार केही फिचर भने फरक फरक छन् ।

    आरटीएक्स ३०० निकै आकर्षित सेमीफियर्ड एड्भेन्चर टुरर डिजाइनमा छ । स्टाइलिस लुक्समा देखिएको यस मोटरसाइकलमा एलईडी हेडल्याम्प सेटअप, अग्लो विन्डस्क्रीन, मस्कुलर ट्यांक एक्सटेन्सन, हाई माउण्ट गरिएको फ्रन्ट बीक र बम्पर गार्डहरू, बिफि नकल गार्ड, साइड गार्ड, माउन्टिङ पोइन्ट र रियर लगेज र्याक, बास प्लेट, इन्जिन केसिङमा ब्रश गोल्डेन फिनिश, ब्ल्याक अलोय ह्वील र लङ ट्राभल सस्पेन्सन सेटअप दिइएको छ । जसले मोटरसाइकललाई अझ धेरै स्पोर्टी र रग्ड लुक्स दिन्छ ।

    आरटीएक्समा नयाँ आरटी एक्सडी फोर २९९.१ सीसी, सिंगल सिलिण्डर, ४ भल्भ, लिक्विड र वाटर कुल्ड, डीओएचसी इन्जिन छ। यो इन्जिनले अधिकतम ९००० आरपीएममा ३५ पीएस पावर तथा ७००० आरपीएममा २८.५ एनएम टर्क जेनेरेट गर्छ। मोटरसाइकलमा ६ स्पीडको गियरबक्स, क्वीकसिफ्टर र स्लिप एन्ड असिस्ट क्लच पनि छ ।

    यसको फ्रन्ट टायरमा १९ इन्च र रियर टायरमा १७ इन्चको अलोय ह्वील, अगाडी डब्लूपी इन्भर्टेड फोर्क र पछाडी प्रिलोड एड्जस्टेबल मोनोसक सस्पेन्सन सेटअप, ब्लक प्याटर्न ट्युबलेस टायर, डबल डिस्कब्रेकसँगै स्ट्याण्डर्ड डबल च्यानल एबीएस रहेको छ ।

    आरटीएक्स एड्भेन्चरमा पूरा एलईडी लाइट सेटअप, ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, एपसहितको स्मार्टफोन कनेक्टिभिटी सिस्टम, नेभिगेसन र म्याप मिररिङ, कल एसएमएस अलर्ट, म्युजिक कन्ट्रोलर, मल्टिपल राइड मोडहरू, ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ह्वीली मिटिगेसन, एड्भेन्चर राइडका लागि इलेक्ट्रोनिक थ्रोटल सिस्टम र टेरेन अडेप्टिभ एबीएस जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij