आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

ग्लोबल आइएमई बैंकद्वारा ई–कम डलर कार्डमा रियल टाइम लोड सुविधा सुरु

ग्लोबल आइएमई बैंकद्वारा ई–कम डलर कार्डमा रियल टाइम लोड सुविधा सुरु

सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । डिजिटल बैंकिङ्ग प्रवर्द्धनमा अग्रणी ग्लोबल आइएमई बैंकले आफ्ना सेवाग्राहीहरूलाई थप सहज र प्रभावकारी सेवा प्रदान गर्न ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एपमा रियल टाइम ई–कम डलर कार्ड लोड सुविधा सुरु गरेको छ ।

    अब सेवाग्राहीहरूले आफ्नो मोबाइल एप प्रयोग गरी अमेरिकी डलर कार्डमा तत्काल रकम लोड गर्न सक्नेछन्, जसले अन्तर्राष्ट्रिय अनलाइन किनमेल, सदस्यता सेवा, डिजिटल भुक्तानी लगायत कार्यहरू थप सरल बनाउनेछ। बैंकका अनुसार यो सुविधा उपलब्ध भएसँगै शाखामा गई डलर लोड गर्नुपर्ने झन्झट अन्त्य भएको छ ।

    भिसा ब्रान्डमा आधारित यो कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य छ । ग्राहकहरूले मोबाइल बैंकिङमार्फत टप-अप गर्दा कुनै शुल्क नतिर्नुपर्ने भए पनि कार्ड जारी गर्दा रु ५०० शुल्क लाग्नेछ भने नवीकरण शुल्क वार्षिक रु ३०० तोकिएको छ ।

    ई–कम डलर कार्डमार्फत एक वर्षमा अधिकतम ५०० अमेरिकी डलरसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहकहरूले ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत अनलाइन आवेदन दिई सजिलै यो सुविधा लिन सक्नेछन् ।

    ग्लोबल आइएमई बैंकले यस एपमार्फत खाताको व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर पेमेन्ट, वालेट लोडजस्ता सेवा पहिले नै उपलब्ध गराउँदै आएको छ। रियल टाइम डलर कार्ड टप-अप सुविधा थपिएसँगै एपको उपयोगिता अझ बढ्ने बैंकको विश्वास छ ।

    साथै, ग्लोबल आइएमई बैंकले हालै ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।

    देशभर ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा केन्द्र, ६८ एक्सटेन्सन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रहरूबाट बैंकले ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

    डिजिटल सेवा विस्तारमार्फत बैंकले आधुनिक, सुरक्षित र समावेशी वित्तीय पहुँच प्रदान गर्ने आफ्नो लक्ष्यलाई थप बल पुर्‍याएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij