शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

नेपालमा सार्वजनिक भयो ‘चेरी क्यू’, चर्चामा आएभन्दा कम मूल्य

नेपालमा सार्वजनिक भयो ‘चेरी क्यू’, चर्चामा आएभन्दा कम मूल्य

सजिलो पाना
मंगलवार, श्रावण २६ २०८३
सजिलो पाना
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चेरी क्यू नेपाल ल्याएको छ । कम्पनीले आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएकाे नाइमा नेपाल मोविलिटी एक्स्पोमा चेरी क्यू सार्वजनिक गरेको हो ।

    प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध चेरी क्यू आकर्षक मोडल हो । क्रसओभर डिजाइनमा देखिने चेरी क्यू कम्फर्ट भेरियन्टको मूल्य ३४ लाख ४९ हजार र प्रिमियम भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, नाइमा अफरभन्दै कम्फर्ट ३० लाख ९९ हजार र प्रिमियम ३२ लाख ९९ हजारमै दिने भएको हो ।

    सेग्मेन्टकै उत्कृष्ट सुविधासहित आएको चेरी क्यूमा ४१.२ किलोवाट क्षमताको ब्याट्री ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

    चार्जिङ सुविधाका हिसाबले पनि चेरी क्यू अत्यन्तै प्रभावकारी रहेको छ । यसले ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा रहेको ब्याट्रीलाई केबल १६ मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, भी टु एल सुविधामार्फत बाह्य विद्युतीय उपकरणहरू संचालन गर्न पनि सकिन्छ।

    १७५ एमएको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभीमा ५४० डिग्री सराउण्ड क्यामेरा, १५.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, २० भन्दा बढी सुविधा भएको एडास फिचर उपलब्ध छन्।

    उन्नत विद्युतीय प्लेटफर्ममा आधारित क्यू रियर ह्वील ड्राइभ सिस्टम छ । यसको आकर्षक डिजाइनसँगै फराकिलो र व्यावहारिक इन्टेरियर छ । यसमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ । जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ।

    अत्याधुनिक प्रविधि, व्यावहारिक उपयोगिता, उत्कृष्ट विद्युतीय कार्यसम्पादनको संयोजनले चेरी क्यूलाई नेपाली बजारमा बहुप्रतीक्षित विद्युतीय सवारीसाधनका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

    चेरी क्यूले विश्वप्रसिद्ध रेड डट डिजाइन अवार्ड २०२५ तथा आइएफ डिजाइन अवार्ड २०२६ समेत जितिसकेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij