शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

नयाँ हाइलक्सको नेपालमा बिक्री सुरू, कति छ मूल्य ?

नयाँ हाइलक्सको नेपालमा बिक्री सुरू, कति छ मूल्य ?

सजिलो पाना
मंगलवार, श्रावण २६ २०८३
सजिलो पाना
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । नेपालमा सर्वाधिक सफल पीकअप हाइलक्सको नवाैं जेनेरेशेन मोडलको बिक्री सुरू भएको छ । आजबाट काठमाडौंको भृकुटीमण्डमा सुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा नयाँ जेनेरेशन हाइलक्स सार्वजनिक भएको हो ।

    टोयोटाको नेपालको लागि आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नवौं जेनेरेशन हाइलक्सको मूल्य १ कराेड ५५ लाख  रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

    नयाँ जेनेरेशन टोयोटा हाइलक्स क्रमिक रूपमा विश्वभर लन्च हुँदै गएको छ । केही दिन अगाडि भारतमा पनि यसको बिक्री सुरू भएको थियो ।

    नयाँ हाइलक्स बोल्ड डिजाइन, अपग्रेडेड इन्टेरियरसहित आउन लागेको हो । नेपालमा पीकअप भनेकै हाइलक्स भन्ने मानक स्थापित गर्न सफल मोडलको नयाँ जेनेरेशन ल्याण्ड क्रुजरबाट प्रेरित टफ एण्ड अजाएल डिजाइनमा बनेको छ ।

    नयाँ हाइलक्स ४८ भोल्टको हाइब्रिड भर्सन आउन सक्छ । यसमा २.८ लिटरको डिजेल इन्जिन रहने छ । नयाँ हाइलक्सले १ टनसम्मको लोड र ३.५ टन सम्मको टोइङ क्षमता राख्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij