काठमाडौं । कम मूल्यको जे फाइभ एसयूभी नेपाल आएको छ । एसपीजी अटोमोबाइल्सले नाइमा मोविलिटी एक्स्पोमा यसको सर्ट रेन्ज भर्सन सार्वजनिक गरेको हो ।
अघिल्लो वर्षको नाइमा मोबिलिटी एक्स्पोमा बिक्री थाल्दा ६० लाख ९९ हजार मूल्य तोकेर त्यसमा ४ लाख रुपैयाँ छुट दिएको कम्पनीले अहिले सर्ट रेन्ज मोडल ५१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री थालेको हो । नाइमा किन्ने उपभोक्ताले यसमा २ लाख नगद छुट पाउने छन् । अफर मूल्य ४९ लाख ९९ हजार कायम गरिएको कम्पनीले जनाएको छ ।
मिनी रेन्ज रोभर जस्तै देखिने नयाँ जे फाइभमा ५०.७ किलोवाट आवरको ब्याट्री रहेको छ । साथै, मोटर भने पहिलेकै जस्तो १५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ प्रयोग भएको छ ।
लङ रेन्ज जे फाइभमा ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री थियो । मोटर भने समान १५५ किलोवाटकै थियो । यो ईभीको पीकटर्क भने २८८ न्यूटन मिटर छ ।




