काठमाडौं । मंगलबार नेप्से परिसूचक स्थिर छ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.७९ अंकले बढेको हो । ०.०३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६४१.८५ अंकमा उक्लिएको छ ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको छ।
सोमबार ३ अर्ब ६७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ४ अर्ब ११ करोड रूपैयाँ पुगेको छ।




