शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट

नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट

सजिलो पाना
मंगलवार, श्रावण २६ २०८३
सजिलो पाना
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका हुन् ।

    सम्झौतासँगै अब कोषका सहभागी, सेयरधनी र कर्मचारीले २० प्रतिशत छुटको अतिरिक्त अस्पतालले उपलब्ध गराउने सिटी स्क्यान र अपरेशनमा १०/१० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत उक्त छुट पाउनुहुनेछ । छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र, सहभागीले कोषमा आवद्ध भएको प्रमाणपत्र वा अन्य पहिचान खुल्ने कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij