शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

सजिलो पाना
बुधवार, श्रावण २७ २०८३
सजिलो पाना
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो ।

    कारोबारको अघिल्लो दिन प्रतितोला तीन लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ सय रुपैयाँले घटेर तीन लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    यता, चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला ४७४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ६२ हजार ९ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०६८ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij