शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

१२ प्रतिशतले बढ्यो मुक्तिनाथ विकास बैंकको नाफा

१२ प्रतिशतले बढ्यो मुक्तिनाथ विकास बैंकको नाफा

सजिलो पाना
बुधवार, श्रावण २७ २०८३
सजिलो पाना
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफामा दोहोरो अंकको सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा नाफा बढेको हो । 

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेसँगै खुद नाफा बढ्न पुगेको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १.५० प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.८९ प्रतिशत र सञ्चालन मुनाफा २०.२३ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ३५ लाख रुपैयाँबाट घटेर ५७ करोड २३ लाख रुपैयाँमा झरेको छ । जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

    गत असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख रुपैयाँ रहको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४५ पैसा रहेको छ । नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १८ पैसा घटेर १८ रुपैयाँ ९८ पैसामा सीमित भएको छ । त्यसैगरी, असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.१३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ८२ पैसा रहेको छ । ८ अर्ब ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ ।

    खर्ब माथिको कर्जा प्रवाह गर्ने पहिलो विकास बैंक 

    यसै बीच मुक्तिनाथ विकास बैंक लिमिटेड खर्ब माथिको कर्जा प्रवाह गर्ने पहिलो बैंक बनेको छ । गत आर्थिक वर्षमा बैंकले १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कर्जा ३.३८ प्रतिशत बढेको हो । बैंकको निक्षेप भने समीक्षा अवधिमा ५.२० प्रतिशत बढेर १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij