शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

पहाडमा सहजै गुड्ने मोन्ट्रा इलेक्ट्रिकको ‘सुपर अटो’ नेपालमा सार्वजनिक

पहाडमा सहजै गुड्ने मोन्ट्रा इलेक्ट्रिकको ‘सुपर अटो’ नेपालमा सार्वजनिक

सजिलो पाना
बुधवार, श्रावण २७ २०८३
सजिलो पाना
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं। भारतीय मुरुगप्पा ग्रुपअन्तर्गतको मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गर्दै इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको छ।

    काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सवारीसाधन सार्वजनिक गरेका हुन्। नेपालका लागि यसको आधिकारिक राष्ट्रिय वितरकको जिम्मेवारी दिवाकर गोल्छा अर्गनाइजेसनको सहायक कम्पनी एचआईपीसीओ ट्रेडिङले लिएको छ।

    नेपालका पहाडी तथा उकाला सडकलाई लक्षित गरी तयार गरिएको सुपर अटोमा ३२ प्रतिशत ग्रेडेबिलिटी र हिल–होल्ड असिस्ट सुविधा रहेको छ। यसमा ९ केडब्ल्युएच ब्याट्री र पीएमएसएम मोटर जडान गरिएको छ।

    एकपटक पूर्ण चार्ज गर्दा १५० किलोमिटरसम्म रेन्ज दिने यो अटो ४.५ घण्टामा चार्ज हुन्छ भने अधिकतम गति ५५ किलोमिटर प्रतिघण्टा रहेको छ।

    सरकारी कर सहुलियतपछि यसको मूल्य ८ लाख ६४ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कम मर्मत खर्च र विद्युतीय ऊर्जाको प्रयोगका कारण यसले चालकको सञ्चालन लागत घटाउन सहयोग गर्नेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij