काठमाडौं। Nepal Automobile Importers and Manufacturers Association (NAIMA) द्वारा आयोजना भइरहेको NAIMA Nepal Mobility Expo 2026 मा बैंकिङ पार्टनरका रुपमा सहभागी सिद्धार्थ बैंक लिमिटेडलेग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ०.५ प्रतिशत सेवा शुल्क (Processing Fee) तथा आधार दरमा वार्षिक थप १ प्रतिशत प्रिमियमको ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने अफर ल्याएको छ । उक्त विशेष योजना २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म ९११–१६ अगस्ट २०२६० आयोजना भइरहेको NAIMA Nepal Mobility Expo 2026 अवधिभर लागू हुनेछ ।
सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन सक्नु हुनेछन्। यस योजनामार्फत ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी कर्जा सुविधा उपलब्ध गराउँदै आफ्नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र,'सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नुहुनेछ ।




