शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

सामान्य घट्यो शिवम् सिमेन्टको नाफा

सामान्य घट्यो शिवम् सिमेन्टको नाफा

सजिलो पाना
बिहिवार, श्रावण २८ २०८३
सजिलो पाना
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं । गत आर्थिक वर्षमा शिवम् सिमेन्ट लिमिटेडको खुद नाफा सामान्य घटेको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको हो

    गत आर्थिक वर्षको सोही अवधिसम्ममा ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा १.७२ प्रतिशत घटेको हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ७९ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

    समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १०.८७ प्रतिशत घटेको छ । बिक्री आम्दानी घट्दा कुल नाफा ७.८४ प्रतिशत घटेको छ । कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा १९.४४ प्रतिशत बढेको छ भने कुल खर्च १३.२५ प्रतिशत घटेको छ ।

    नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६० पैसा घटेर १४ रुपैयाँ ३ पैसामा झरेको छ । गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा रहेको छ । मूल्य आम्दानी अुनपात ४४.२७ गुणा रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij