शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

सामान्य बढ्यो रिलायबल लाइफको नाफा

सामान्य बढ्यो रिलायबल लाइफको नाफा

सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं। रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा सामान्य बढेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्ष ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष कम्पनीको खुद नाफा ५७ करोड १ लाख रुपैयाँ थियो।

    कम्पनीको कुल आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष ६ अर्ब ८२ करोड रुपैयाँ रहेको कुल आम्दानी गत वर्ष बढेर ७ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कुल खर्च ६ अर्ब २१ करोडबाट बढेर ७ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

    गत आर्थिक वर्षमा कम्पनीले ३ लाख ११ हजार २४ वटा बीमा पोलिसी बिक्री गरेको छ। असार मसान्तसम्म कम्पनीले दीर्घकालीनतर्फ २३ अर्ब ८७ करोड रुपैयाँ र अल्पकालीनतर्फ १ अर्ब ३१ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ।

    कम्पनीको जीवन बीमा कोषमा भने उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्ष १३ अर्ब ५७ करोड रुपैयाँ रहेको जीवन बीमा कोष गत वर्ष ३२.१२ प्रतिशतले बढेर १७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

    कम्पनीको प्रतिसेयर आम्दानी ११.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४८.४९ रुपैयाँ र प्रतिसेयर सम्पत्तिको मूल्य ५१४.४८ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij