शुक्रवार, श्रावण २९ गते २०८३    

शुक्रवार, श्रावण २९ गते २०८३    

एग्री केयर नेपाल आईपीओ तयारीमा, नेपाल लाइफ क्यापिटल परामर्शदातामा नियुक्त

एग्री केयर नेपाल आईपीओ तयारीमा, नेपाल लाइफ क्यापिटल परामर्शदातामा नियुक्त

सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं। कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। कम्पनीले पूँजी संरचना सुदृढीकरण तथा वित्तीय अध्ययनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको हो ।

    भरतपुर–४, चितवनस्थित एग्री केयरको कार्यालयमा आयोजित कार्यक्रममा एग्री केयरका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार नेपाल लाइफ क्यापिटलले कम्पनीलाई सार्वजनिक कम्पनीमा लैजान आवश्यक आईपीओ परामर्श, पूँजी पुनर्संरचना, वित्तीय तथा कानुनी अवस्थाको अध्ययन तथा नियामकीय प्रक्रियामा समन्वय गर्नेछ ।

    सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले जैविक विषादी, बाली संरक्षण सामग्री, माटो सुधारक तथा उन्नत कृषि सामग्री उत्पादन गर्दै आएको छ । नेपाल लाइफ क्यापिटल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो। यो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक संस्था पनि हो ।

    कम्पनीले आईपीओमार्फत पूँजी विस्तार गर्दै उत्पादन क्षमता र बजार विस्तारमा लगानी गर्ने तयारी गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij