बुधवार, भाद्र ३ गते २०८३    

बुधवार, भाद्र ३ गते २०८३    

रुपाकोट रिसोर्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

रुपाकोट रिसोर्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

सजिलो पाना
बुधवार, भाद्र ३ २०८३
सजिलो पाना
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं। एनआईसी एशिया क्यापिटल र रुपाकोट रिसोर्ट लिमिटेडबीच सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

    सम्झौताअनुसार रुपाकोट रिसोर्टले भविष्यमा प्रचलित कानुनबमोजिम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दा आवश्यक पर्ने परामर्श तथा अन्य सेवा एनआईसी एशिया क्यापिटलले उपलब्ध गराउनेछ।

    क्यापिटलले आफ्नो ‘आईपीओ टु आईपीओ’ सेवाअन्तर्गत कम्पनीको स्थापनादेखि आईपीओ निष्कासनसम्म आवश्यक परामर्श दिँदै आएको जनाएको छ।

    कास्कीको रुपा गाउँपालिका–६, मैदानमा अवस्थित रुपाकोट रिसोर्ट प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका कारण परिचित गन्तव्यका रूपमा विकास हुँदै आएको छ। रिसोर्टबाट हिमाली शृंखला तथा रुपा र बेगनास तालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

    रिसोर्टले आवास, खानपान, मनोरञ्जन तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधारसहित आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ। पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विभिन्न समारोहका लागि समेत रिसोर्टलाई उपयुक्त गन्तव्यका रूपमा विकास गरिएको कम्पनीको भनाइ छ।

    एनआईसी एशिया क्यापिटलले निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्कासनसम्मका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij