काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
यसका लागि नेपाल बीमा प्राधिकरणले तोके अनुसार जीवन बीमा कम्पनीको सीईओ बन्न योग्य भएको, मान्यताप्राप्त विश्विद्यालयबाट तोकिएको विषयमा स्नातकोत्तर वा सोसरहको योग्यता हासिल गरेको साथै मान्यताप्राप्त संस्थाबाट सीए उत्तीर्ण गरेको हुनु पर्नेछ।
त्यस्तै बीमा कम्पनीको कम्तीमा डीसीईओ पदमा कम्तीमा ५ वर्षको काम गरेको लगायतका तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले भदौ १० गतेभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ।




