काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यसअघि सोमबार सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको थियो भने बुधबार सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँ घटेर ४ हजार ५ सय ९५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी २५ रुपैयाँ घटेर ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।




