आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

डिजिटल भुक्तानीमा लगाइएको भ्याट खारेज

डिजिटल भुक्तानीमा लगाइएको भ्याट खारेज

सजिलो पाना
शुक्रवार, जेठ १६ २०८२
सजिलो पाना
शुक्रवार, जेठ १६ २०८२
  • काठमाडौं । सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको कर खारेज भएसँगै सेवा शुल्क घटेको छ । अघिल्लो वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले यस्तो कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेका थिए ।

    तर, उक्त करलाई बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले खारेज गरेका थिए । अर्थमन्त्री पौडेलले डिजिटल भुक्तानीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज भएसँगै शुक्रबारदेखि नै सेवा प्रदायकले डिजिटल भुक्तानीमा सेवा शुल्क घटाएका छन् ।

    यसअघिसम्म ११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क अब १० रुपैयाँमा झरेको छ । त्यस्तै ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क ८ रुपैयाँमा झरेको छ । बिहीबारसम्म एउटा सेवा प्रदायकबाट अर्को सेवा प्रदायको खातामा रकम ट्रान्सफर गर्दा प्रति पटक १० रुपैयाँ शुल्क लिने गरेका छन् ।

    सरकारले १३ प्रतिशत भ्याट लगाउँदा १.३० रुपैयाँ सहित ग्राहकले प्रति कारोबार ११ रुपैयाँ ३० पैसा तिर्नुपर्थ्यो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij