काठमाडौं । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सात लाख रुपैयाँबराबरको विभिन्न खाद्यान्न सामग्री पनि प्रदान गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम सरकारी कोषमा प्रदान गरेको हो ।
बैंकले देशमा प्रकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायलाई आवश्यक सहयोग गर्दे आएको छ । यसअघि पनि बैंकले विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनाका निम्ति आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गर्दै आएको छ ।
प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका निम्ति सरकार एवं सम्बन्धित निकायसँग सहकार्य गर्दै आउँदा दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।




