आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा नाडाले प्रस्तुत गर्यो यस्तो धारणा

आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा नाडाले प्रस्तुत गर्यो यस्तो धारणा

सजिलो पाना
शनिवार, जेठ १७ २०८२
सजिलो पाना
शनिवार, जेठ १७ २०८२
  • काठमाडौं । नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय एवं विभागहरूमा विभिन्न नीतिगत सुझावहरू एवं सल्लाहहरू दिएको थियो ।

    नाडाको नीतिगत सुझावहरूलाई मननगरी आर्थिक वर्ष २०८२/०८३ को बजेट अटोमोवाइल मैत्री आएको छ ।

    खाशगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई समेटेको छ ।

    यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरूलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने आशा राख्दै अव नाडाले आउँदो मौद्रिक नीति समेत यसै अनुरूप आउने अपेक्षा राखेको छ ।

    नाडाको आवाजलाई सरकारले बजेट मार्फत सम्बोधन गरेकोमा नाडाले नेपाल सरकारप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij